क्यानसँग सन्दिपको आग्रह: ‘म निर्दोष छु,कानुनी सहयोग गर्दिनुस’
काठमाडौं, भदौ २३ । जबरजस्ती करणीको आरोप लागेका नेपाली क्रिकेट टिमका कप्तान सन्दीप लामिछानेले अन्ततः आफू निर्दोष रहेको बताएका छन्।
क्रिकेट एशोसियशन अफ नेपाल (क्यान) ले सन्दीपसँग गरेको सम्पर्कमा उनले आफू निर्दोष रहेको र कानुनी उपचारमा सहयोग गरिदिन अनुरोध गरेका छन्।
हाल सन्दीप क्यारेबियन प्रिमियर लिग खेल्न वेस्ट इन्डिजमा छन्। केन्याविरुद्धको टी-२० सिरिजपछि सन्दीप उतैबाट वेस्ट इन्डिज पुगेका थिए। उनी यसपछि लगत्तै फर्किने बुझिएको छ ।

