इन्द्रजात्राको महिमा: यसकारण गरिन्छ कुमारी पूजा



काठमाडौं,भदौ २४ । प्रत्येक वर्ष इन्द्रजात्राको अवसरमा हनुमानढोका परिसरमा नेवार समुदायका ईही (बेल विवाह) नगरेको २ देखि ८ वर्ष उमेर समूहका बालिकाहरुलाई कुमारीका रुपमा पूजा गर्ने प्रचलन रहेको छ।

यसै अनुरुप यस वर्ष पनि बिहीवार करीब ३०० बालिकाहरूको सामूहिक पूजा गरिएको छ । इन्द्रजात्रामा जीवितदेवी कुमारीको रथ तानिने हुनाले कुमारी पूजाले अझ महत्व बोकेको छ ।

धेरै जसो बालिकाहरूलाई उनका अभिभावकले विशेष कुमारीको भेषभूषामा सजाएर पूजामा सहभागी गराएका थिए । पूजा पश्चात बालिकाहरुलाई तलेजु भवानीको दर्शन गराइएको थियो ।

हरेक वर्ष राष्ट्र कल्याणको कामना गर्दै कुमारी पूजा हुने गरेको छ र यसरी पूजा गरेमा बालिकाहरूलाई रोग नलाग्ने र सुख समृद्धि प्राप्त हुने जनविश्वास रहेको छ । 

प्रतिक्रिया दिनुहोस्