सहुलियतपूर्ण ऋण उपलब्ध गराउन छलफल



काठमाडौं,भदौ २४ । अर्थमन्त्री जनार्दन शर्माले एशियाली विकास बैंकलाई नेपालको निजि क्षेत्रलाइ प्रोत्साहित गर्न र सहुलियतपूर्ण ऋण उपलब्ध गराउन छलफल गरेका छन् ।

एशियाली बिकास बैंकका उपाध्यक्ष अशोक लाभाषासंग कुराकानी गर्दै मन्त्रि शर्माले प्रदेशगत सन्तुलन गरेर सहयोग बढाउदा नेपालको ग्रामीण अर्थतन्त्रको विकास हुने बताए । उनले भने –“निजि क्षेत्र नेपालको आर्थिक उन्नतिको इन्जिन भएकाले सरकारले उक्त क्षेत्रको बिकासलाई उच्च प्राथमिकतामा राखेको छ ।”

उनले नेपाल २०२६ सम्ममा अतिकम बिकसित देशबाट स्तरोन्नति हुदै गरेको हुनाले उक्त लक्ष हासिल गर्न निजि क्षेत्रको योगदान महत्वोपूर्ण हुने पनि बताए । उनले नेपालले जलवायु परिबर्तनमा कुनै योगदान नगरेपनि त्यसको मार भने खेपिरहेको बताउदै नेपालमा हरित अमोनिया, हाइड्रोजन जस्ता बैकल्पित उर्जा उद्योगमा सहयोग गर्न अनुरोध पनि गरे ।

उनले नेपालको ग्रामिण अर्थतन्त्रलाई माथि उठाउन शिक्षा, स्वास्थ्य, खानेपानी पूर्वाधार क्षेत्र लगाएतमा लगानी आवश्यक भएकोले एसियाली बिकास बैंकको सहयोग अझै बृद्धि गर्न पनि आग्रह गरे । कोभिडको महामारीको बेला एसियाली बिकास बैंकले गरेको सहुलियतापूर्ण ऋण र अनुदान सहयोगहरुका लागि उनले धन्यवाद दिए ।

एसियाली बिकास बैकका उपाध्यक्ष अशोक लाभाशाले एसियाली बिकास बैंकले नेपाल सरकार र नेपाली जनताको सहयोगका लागिसधै हातेमालो गर्ने बताए । अर्थ मन्त्री शर्माले दिएको मार्गदर्शन अनुसार आफु नेपाल सरकार र निजि क्षेत्रलाइ सहयोग गर्न तयार रहेको बताए । उनले अर्को महिना फिलिपिन्सको मनिलामा हुने कार्यक्रममा अझ बढी छलफल गर्ने बताए।

प्रतिक्रिया दिनुहोस्