तयारी पोशाक संघको अध्यक्षमा नुवाकोटका युवा उद्यमी पाण्डे
काठमाडौं,भदौ २५ । नेपाल तयारी पोशाक उद्योग संघको अध्यक्षमा नुवाकोटका पशुपतिदेव पाण्डे चयन भएका छन् । नुवाकोट जिल्ला पञ्चकन्या गाउँपालिका वडा नम्बर ५ स्थायी निवासी पाण्डे युवा उद्यमी तथा स्वच्छ राजनैतिक छविका रुपमा समेत परिचित छन्। पाण्डे आसन्न निर्वाचन नेपाली काङ्ग्रेस वाग्मती प्रदेश ‘ख’ अन्तर्गतका उम्मेदवार दावेदार समेत हुन।
शनिबार सम्पन्न संघको २८औँ साधारणसभाले प्रथम उपाध्यक्षमा राहुलमान शाक्य, द्वितीय उपाध्यक्षमा भूपाल बस्नेत र महासचिवमा भिमकुमार गिरीलाई सर्वसहमत चयन गरेको छ ।
संघको कोषाध्यक्षमा सञ्जय अग्रवाल र सहसचिवमा वसन्त अधिकारी, सदस्यहरुमा थोम नाथ बस्याल, कृष्ण प्रसाद पाण्डे,सतीश गिरि, सुरेशमान श्रेष्ठ, सचिन्द्र प्रधानाङ्ग र हिरा मोक्तान निर्वाचित भएको सङ्घले जनाएको जनाएको छ ।

