सुतार कार्कीको वंशावली पुस्तक सार्वजनिक
धरान,भदौ २६। भोजपुरको तत्कालिन वासिङ थर्पू गाउँपञ्चायतका पूर्व प्रधानपञ्च स्वर्गीय अमरबहादुर कार्कीको वार्षिक पुन्य तिथिको अवसरमा उनले संकलन गरेको सुतार कार्की वंश वृक्ष पुस्तक उनका परिवारले प्रकाशन गरेका छन् ।
२०७८ साल असोज ३ गते निधन भएका स्वर्गीय अमरबहादुरको सम्झनामा उनको परिवारले स्थापना गरेको अमर फाण्डेशन नेपालले सुतार कार्की वन्धुको वंशावली तथा स्व. अमरबहादुर कार्कीको स्मृति पुस्तक प्रकाशन गरिएको होा । उक्त पुस्तक गत शुक्रबार सप्तरीको सप्तकोशी नगरपालिकास्थित फत्तेपुरमा एक कार्यक्रम गरि सार्वजनिक गरिएको छ ।
उक्त पुस्तक सुतार कार्की अभिभावक वयावृद्धा लक्ष्मीमाया कार्की, पञ्चकन्या मावि आमचोक-१ का पूर्व प्रधानाध्यापक पुन्यप्रसाद पराजुली, सुतार कार्की सेवा समिति उदयपुरका अध्यक्ष काशी कार्की, सप्तरीका अध्यक्ष गोविन्द कार्की, आमचोक गापका पूर्व उपप्रधानपञ्च पशुपति कार्की, उनका धर्मपन्तीहरु बसन्तदेवि कार्की, रामकुमारी कार्कीलगायत उनका परिवारले सयुक्त रुपमा सार्वजनिक गरेका थिए ।
२७० पृष्ठको पुस्तकमा स्व. अमरबहादुर कार्कीले ७ बर्ष लगाएर प्रदेश १ तथा आसपासका जिल्लामा बसोवास गर्ने सुतार कार्कीको पुस्तावली समावेश गरिएको छ । पुस्तकका स्वर्गीय अमरबहादुरको जीवनी, उनका विषयमा विशिष्ठ व्यक्तिहरुले लेखेका लेखहरु समावेश गरिएको पुस्तकका सम्पादक देवेन्द्र कार्कीले बताए । पुस्तकमा सुतार कार्की कुलपूजा विधि, गोठधुप पूजा विधि, सुतार कार्कीको इतिहास, वंश परमपरा र जातिका विषयबस्तुहरु समेटिएका छन् । बार्षिक तिथिमा पुरान लगाउने र फजुल खर्च नगरेर त्यो खर्च गर्ने पैसाले गरिब असहायहरुलाई सहयोग गर्ने योजना बनाएर स्वर्गीय पिताको नाममा संस्था खोली सामाजिक काम गर्ने उनले बताए । पुस्तकका संरक्षक विश्वराम कार्कीले स्वर्गीय पिताको नाममा ट्रष्ट स्थापना गरेर उनले पढेको विद्यालय र पढाएको विद्यालय तथा असाहाय व्यक्तिहरुलाई सहयोग गर्ने बताए । पुस्तक प्रककाशन पहिलो प्रयास र ऐतिहासिक काम भएको बताउँदैं यस वंशावलीलाई थप पस्किृति र पूूणर् बनाउन सुतार कार्की सेवा समितिसँग सहकार्य गर्न तयार रहेको उनले बताए ।

