कोप–२७ मा नेपालले प्रस्तुत गर्ने मुद्दा तय गर्दै वन मन्त्रालय
काठमाडौं,भदौ २८ । वन तथा वातावरण मन्त्रालयले जलवायु परिवर्तनसम्बन्धी राष्ट्रसंघीय सम्मेलन (कोप–२७)मा नेपालले प्रस्तुत गर्ने मुद्दा निर्धारणको तयारी शुरू गरेको छ । आगामी कात्तिक २० देखि मङ्सिर २ गतेसम्म इजिप्टको शर्म–एल–शेख शहरमा जलवायु परिवर्तनसम्बन्धी राष्ट्रसंघीय सम्मेलन आयोजना हुँदै छ ।
मन्त्रालयको जलवायु परिवर्तन तथा व्यवस्थापन महाशाखाले सरोकारवाला निकायहरूसँग कोप–२७ का मुद्दाबारे छलफल प्रारम्भ गरेको छ । तयारीकै लागि गत साता मन्त्रालयले सबै महाशाखा प्रमुख र मन्त्रालय मातहतका विभागीय प्रमुखहरू रहेको एक तयारी समितिसमेत गठन गरेको छ ।
कोप–२७ का मुद्दा तय गर्न मन्त्रालयसहित मातहतका निकायहरू जुटेको सहसचिव बुद्धिसागर पौडेलले जानकारी दिए । उनका अनुसार नेपालका मुद्दालाई कसरी प्रभावकारी रूपमा प्रस्तुत गर्न सकिन्छ र मार्गचित्रसहित कोप–२७ मा नेपाल सहभागी हुनुपर्छ भन्नेबारे छलफल शुरू भइरहेको छ । आर्थिक अभियानबाट

