लाखौं–करोडौं मान्छेको बीचमा पनि एक्लो महसुस गर्छु : प्रचण्ड



काठमाडौं,भदौ २८ । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले लाखौं–करोडौं मान्छेको बीचमा पनि एक्लो महसुस हुने गरेको बताएका छन् ।

माओवादी केन्द्रका सांसद सुदन किराँतीको अनुभूति समेटिएको पुस्तक ‘पल पलको मृत्यु’ विमोचन समारोहमा मंगलबार अध्यक्ष दाहालले यस्तो बताएका हुन् ।

अध्यक्ष दाहालले आफू प्रधानमत्री भएपनि पछिल्लो समय मानव जीवनको सार्थकता र गर्वबोध गर्न गाह्रो भइरहेको बताए । उनले भनेका छन्, ‘हामी मन्त्री, प्रधानमन्त्री त भयौं तर, यो जीवनको सार्थकता र गर्वबोध गर्न गाह्रो भइरहेको छ ।’

प्रतिक्रिया दिनुहोस्