नेपाल पारवहन तथा गोदाम व्यवस्था कम्पनीको अध्यक्षमा छपिराज पन्त



काठमाडौं,भदौ २९ । सरकारले छपिराज पन्तलाई नेपाल पारवहन तथा गोदाम व्यवस्था कम्पनीको अध्यक्षमा नियुक्त गरेको छ ।

गत २१ भदौमा बसेको मन्त्रिपरिषद् बैठकले पन्तलाई अध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको हो । पन्तलाई ३ वर्षका लागि नियुक्त गरिएको बताइएको छ ।

पन्तसँग बैंकिङ क्षेत्रमा झन्डै तीन दशक काम गरेको अनुभव छ ।

प्रतिक्रिया दिनुहोस्