पेट्रोलियम व्यवसायीको हड्ताल फिर्ता
काठमाडौं,भदौ ३० ।भाडादर वृद्धि गर्ने सहमति भएपछि पेट्रोलियम ट्यांकर ढुवानी व्यवसायी महासंघले आन्दोलन फिर्ता लिएको छ । आज दिउँसो उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयमा भएको छलफलपछि महासंघले आन्दोलन फिर्ता लिएको हो । दशैंको मुखमा व्यवसायीहरुले आफ्नो माग पूरा गर्न दवाव दिँदै आन्दोलन थालेकामा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा, मन्त्रालय भएको वार्तापछि व्यवसायी आन्दोलन फिर्ता लिन सहमत भएका हुन् ।
सहमतिअनुसार आजैबाट आन्दोलनका कार्यक्रम स्थगित गरी ढुवानी सेवा सुचारु गर्ने निणर्य भएको छ । सहमतिपत्रमा पूर्ति तथा वितरण विभागका निर्देशक वीरन्द्र गोइत र नेपाल पेट्रोलियम ढुवानी व्यवसायी महासंघका अध्यक्ष खगेश्वर बोहराको हस्ताक्षर छ ।
तीन बुँदे सहमतिअनुसार नेपाल पेट्रोलियम ढुवानी व्यवसायी महासंघले ढुवानी भाडा वृद्धि तथा समायोजन गर्न माग गरेकामा यसबारेमा असोज ७ गतेसम्ममा निर्णय गरी लागू गर्ने सहमति भएको छ ।

