नगरपालिका संघ लुम्बिनी प्रदेश अध्यक्षमा पन्थी चयन



गुल्मी,भदौ ३० । गुल्मी जिल्लाको रेसुङ्गा नगरपालिकाका नगर प्रमुख खिलध्वज पन्थी नेपाल नगरपालिका संघ लुम्बिनी प्रदेश अध्यक्षमा निर्विरोध चयन भएका छन् । भैरहवामा सम्पन्न लुम्बिनी प्रदेशका नगर प्रमुखहरुको भेलाले पन्थीलाई अध्यक्षमा चयन गरेको हो ।

संघको भेलाले पन्थीको नेतृत्वमा १५ सदस्यीय समिति गठन गरेको अध्यक्ष खिलध्वज पन्थीले बताए । भेलाले सबै नगरपालिकाको प्रतिनिधत्व हुने गरि समिति चयन गर्ने निति बनाएका छन् । लुम्बिनी प्रदेशका १२ जिल्लामा १०९ स्थानीय तहमध्ये ४ उपमहानगर ३२ नगरपालिका गरि ३६ नगरहरु संघ अन्तरगत रहेका छन् ।

नवनिर्वाचित पन्थीले सबैसँग सहकार्य गरेर अगाडि बढ्ने बताए । लुम्बिनी प्रदेश अध्यक्ष बनेका पन्थी नेपाली कांग्रेस गुल्मीका सभापति समेत हुन् ।

प्रतिक्रिया दिनुहोस्