राष्ट्रिय सभाले संशोधन गरेका तीन ओटा विधेयक प्रतिनिधि सभाद्वारा स्वीकृत
काठमाडौं,असोज १ । प्रतिनिधि सभा बैठकले राष्ट्रिय सभाले संशोधन गरेका तीन ओटा विधेयकलाई स्वीकृत गरेको छ ।
प्रतिनिधि सभाको शुक्रवार बसेको दोस्रो बैठकले राष्ट्रिय सभाबाट संशोधन भएर आएका तीन ओटा विधेयकलाई बहुमतले स्वीकृत गरेको हो । बैठकले राष्ट्रिय सभाबाट संशोधन भएर आएका पशु स्वास्थ्य तथा पशु सेवा परिषद् विधेयक, २०७९, बीमा विधेयक, २०७९ र सार्वजनिक ऋण व्यवस्थापन विधेयक, २०७९ का सम्बन्धमा राष्ट्रिय सभाबाट भएको संशोधन बहुमतले स्वीकृत गरेको हो ।
प्रतिनिधि सभाको आगामी बैठक भोलि दिउँसो १ बजे बस्ने गरी बोलाइएको छ ।

