हात्तीसारमा पनि भेटियो टुकुचा खोला
काठमाडौं,असोज ३ । काठमाडौंकाे हात्तीसार क्षेत्रमा पनि अतिक्रमित टुकुचा खोला भेटिएको छ ।
टुकुचा खाेला मिचेर बनाइएका संरचना भत्काएर उत्खनन् गर्ने क्रममा आइतबार हात्तीसार क्षेत्रमा पनि टुकुचा खोला फेला परेकाे काठमाडाैं महानगरपालिकाले जनाएकाे छ ।
यसअघि जय नेपाल सिनेमा हलमा बनेका र लक्ष्मी बैंकको संरचना उत्खननका क्रममा अतिक्रमित टुकुचा खोला पत्ता लागेकाे थियो । सोही खोला पत्ता लगाउन महानगरपालिकाले आइतबार हात्तीसार क्षेत्रमा डोजर चलाएको थियो ।

