काठमाडौंमा गोली चल्यो
काठमाडौं,असोज ३ । काठमाडौंको गोठाटारमा गोली चलेको छ ।
गोली लागेर एक जना घाइते भएका छन् । उपत्यका प्रहरी कार्यालय प्रमुख एआईजी रवीन्द्र धानुकले गोली चलेको पुष्टि गरे ।
तर कसले र के कारणले गोली चलाएको हो भन्ने विषयमा अनुसन्धान भइरहेको उनले बताए । घाइतेलाई उपचारका लागि शिक्षण अस्पताल लगिएको छ ।

