गोठाटारमा गोली लागि घाइते हुनेको पहिचान खुल्यो, मोटरसाइकलमा आएका थिए आक्रमणकारी



काठमाडौं,असोज ३ । काठमाडौंस्थित गोठाटारमा गोली लागेर घाइते भएका व्यक्तिको पहिचान खुलेको छ । कागेश्वरी मनोहरा नगरपालिका- ८ सोमबार साँझ एक व्यक्तिमाथि गोली प्रहार भएको थियो ।

गोली लागेर घाइते हुनेमा हरिवन नगरपालिका–२ का ५५ वर्षीय लाल मोहम्मद रहेका छन् । उनी गार्मेट व्यवसायी भएको खुलेको काठमाडौं उपत्यका अपराध अनुसन्धान प्रहरी कार्यालयका प्रहरी उपरीक्षक कृष्णप्रसाद कोइरालाले जानकारी दिए ।

मोटरसाइकलमा आएका व्यक्तिले गोली प्रहार गरेर भागेका व्यक्तिहरुको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्