अनेरास्ववियु आरआर क्याम्पस कमिटिले राष्ट्रपतिको समर्थनमा प्रदर्शन



काठमाडौं,असोज ५ । नेकपा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियु रत्न राज्य लक्ष्मी (आरआर) क्याम्पस कमिटिले राष्ट्रपति विद्यादेवी भण्डारीको समर्थनमा काठमाडौंमा प्रदर्शन गरेको छ ।

संसदले दोश्रो पटक पारित गरेर पठाएको नागरिकता विधेयक राष्ट्रपति भण्डारीले प्रमाणीकरण नगरेको भन्दैं अहिले पक्ष विपक्षमा बहस चलि रहेको बेला अनेरास्ववियु आरआर कमितिले भने राष्ट्रपतिले विधेयक प्रमाणीकरण नगरेकोमा समर्थन गर्दै प्रदर्शन गरेको हो ।

नागरिकता विधेयक पुनः राष्ट्रपति बिद्या देवि भण्डारीले प्रमाणीकरणको निम्ति अस्वीकृत गरि निष्क्रिय पारिदिनु भएसङै सिङो देशको शिर उचो भएको अनेरास्ववियु आरआर कमिटिका सह सचिव विजन रेग्मीले बताए । उनले देशलाई फिजिकरण हुन बाट पुनः जोगाएको भन्दैं अब केही दिन भारतीय कम्फोर्टबेल दलाल गठबन्धनका भिजिलन्ते लेण्डुपेहरुको छटपटी हुने बताए ।

अहिले समाजिक संञ्जालमा नागरिकता विद्येयकको पक्ष विपक्षमा बसह नै चलेको छ । सरकारमा रहेका सत्ता गठबन्धका नेताहरुले राष्ट्रपतिले संविधानको उल्लंघन गरेको भन्दै थप रणनीतिकको बारे छलफलमा जुटेको छ । यता, एमाले समर्थित केही नेताहरु भने राष्ट्रपतिको बचाउ गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्