चितवनमा ४ बर्षको बच्चा अपहरण गर्ने भारतीय महिला प्रहरीको फन्दामा



चितवन,असोज ५ । चितवन प्रहरीले चार बर्षको बालकलाई अपहरण गरि लैजाँदै गरेको अवस्थामा एक भारतीय महिलालाई पक्राउ गरेको छ ।

हिजो बुधबार दिउँसो करीब १२:३० बजे भरतपुर महानगरपालिका वडा नं. १७ गुञ्जनगरबाट ४ बर्षका बालकलाई ललाई फकाई लैजाँदै गरेको अवस्थामा भारत देश रहसी गाउँ बस्ने अन्दाजी बर्ष ३८ की अनिता पाललाई प्रहरीले नियन्त्रणमा लिएको थियो ।

उनलाई नियन्त्रणमा लिई चितवन जिल्ला अदालतबाट अपहरण तथा शरीर बन्धक सम्बन्धी कसूरमा दिन ४ म्याद लिई थप अनुसन्धान भईरहेको चितवन प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्