काठमाडौं कपनको राम मन्दिर नजिकै भिषण आगलागी
काठमाडौं, असोज ५ । काठमाडौंस्थित कपनमा भिषण आगलागी भएको छ । राम मन्दिरनजिक ट्रेकिङ्ग अफिस र ट्रेकिङ्गमा प्रयोग हुने सामान राखिएको घरमा आगलागी भएको प्रहरीले जनाएको छ ।
आगलागी भएको सुचना पाएलगत्तै काठमाडौं र ललितपुरको दमकल बोलाइएको प्रहरीले जनाएको छ ।
आगलागीको क्रममा केही विस्फोटको समेत आवाज आएको स्थानीयले बताएका छन् । घटनाबारे थप विवरण आउन बाँकी छ ।

