हेटौँडा आएर उपेन्द्र यादबले भने “राष्ट्रपतिले अपराध गर्नुभयो ”



हेटौँडा,असोज ६ । जनता समाजवादी पार्टीका केन्द्रीय अध्यक्ष उपेन्द्र यादबले नागरिकता विधेयकलाई पारित नगरेर राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाली नागरिकमाथि अपराध गरेको बताएका छन् । नेपाली नागरिकको सन्तान अनागरिक हुनपर्ने अवस्था कहिलेसम्म भन्दै उनले राष्ट्रपतिको कदमले नागरिक भएर पनि अनागरिक रहनुपर्ने हरुको मानवअधिकार खोसीएको बताए।

बुधबार हेटौँडामा सञ्चारकर्मीहरुसँग कुरा गर्दै यादबले संविधानको संरक्षकबाटै संविधानको उलंघन हुनु लज्जाको विषय भएको बताए ।

राष्ट्रपति भण्डारीले संविधानलाईनै धरापमा पार्ने खेल खेलेको भन्दै यादबले आफ्नै देशका नागरिकको सन्तानलाई कहिलेसम्म अनागरिक बनाएर राखिन खोजिएको र यो उनिहरुको अधिकारको बर्खिलाफ भएको बताए । उनले भने ‘नागरिकता नदिनु भनेको त अन्तराष्ट्रिय कानुनकै ब्याख्या गर्ने हो भने पनि मानवतावादी कानुनको उलंघन पनि हो, कसैलाई नागरिकता र राष्ट्रियताविहिन बनाईराख्ने जुन कार्य हो त्यो अपराध पनि हो ।’ उनले केपी ओली सरकारको समयमा हुबहु पारित भएको विधेयकलाई अहिले आएर प्रमाणिकरण नगर्नु आश्चार्यको विषय रहेको उनको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्