नुवाकोट शिवपुरीका तामाङको दुर्घटनामा काठमाडौंमा मृत्यु
काठमाडौं,असोज ७ । नुवाकोट शिवपुरी गाउँपालिका वडा नम्बर ५ का एक युवकको काठमाडौमा दुर्घटनामा परी मृत्यु भएको छ ।
काठमाडौंको तारकेश्वर नगरपालिका २ काभ्रेस्थलीमा स्कुटीको ठक्करबाट घाइते भएका नुवाकोट शिवपुरी गाउँपालिका ५ का २६ वर्षीय ताराबहादुर तामाङको मृत्यु भएको हो ।
उनको टोखामा रहेको ग्रान्डी अन्तर्राष्ट्रिय अस्पतालमा उपचारका क्रममा मृत्यु भएको उनका आफन्तजनले बताएका छन् ।

