१७ सय ८७ जना डेंगुका नयाँ बिरामी थपिए, मृत्यु हुनेको संख्या ४७ पुग्यो



काठमाडौं,असोज २८ । पछिल्लो चौबिस घण्टामा देशभर १ हजार ७८७ जना डेंगुका नयाँ बिरामी थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सोही अवधिमा डेंगुका कारण दुई जनाको मृत्यु भएको छ ।

मन्त्रालयका अनुसार २०७९ साउन १ गतेयता नेपालमा ३८ हजार ९१८ जनामा डेंगु रोग देखिएको छ ।

हालसम्म डेंगुका कारण ४७ जनाको मृत्यु भइसकेको छ । डेंगु रोग देशका सबै ७७ वटै जिल्लामा फैलिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्