कात्तिक १ सार्वजनिक बिदा दिने सरकारको निर्णय



काठमाडौं,असोज ३१ । सरकारले शताब्दीपुरुष सत्यमोहन जोशीको निधनको शोकमा कात्तिक १ गते सार्वजनिक बिदा दिएको छ ।

सोमबार एक विज्ञप्ति जारी गरी कात्तिक १ गते अर्थात मंगलबार देशभर सार्वजनिक बिदा दिने निर्णय भएको गृह मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलले जानकारी दिए ।

भोलि देशभरका सरकारी कार्यालय, बैंक तथा वित्तीय संस्था र शेयर बजार पनि बन्द रहने छ ।

प्रतिक्रिया दिनुहोस्