मंसिरपछि एमालेको सरकार बन्छ : आचार्य

अर्घाखाँची,असोज ३१ । नेकपा एमालेका केन्द्रीय सदस्य चेतनारायण आचार्यले मंसिर -४ पछि नेकपा एमालेको सरकार बन्ने बताएका छन् ।
नेकपा एमाले छत्रदेव-८ अर्घाखाँची द्वारा वडाका विभिन्न ठाउमा आयोजित जनभेटघाट कार्यक्रममा मन्तव्य राख्दै उनले नेकपा एमालेको पक्षमा व्यापक जनमत सिर्जना भएको भन्दै चुनाव पछि नेकपा एमालेको सरकार बन्नेमा ढुक्क बन्न स्थानीय बासिन्दालाई आग्रह गरे । प्रदेश सरकारका पुर्व मन्त्री समेत रहनुभएका उहाँले जिल्लामा सडक ,खानेपानी ,विद्युत र सिंचाइको धेरै काम गरेको स्मरण गराउँदै अधुराकाम पूरा गर्नको निम्ति पुनः नेकपा एमालेलाई विजयी गराउनुपर्ने बताए ।
गठबन्धन सरकारले जनताको पक्षमा कुनै काम गर्न नसकेको उनको भनाइ थियो । उनले नेकपा एमालेले मात्र बिकास र समृद्धिको यात्रा पूरा गर्ने दावी समेत गरे । कार्यक्रममा नेकपा एमाले लुम्बिनी प्रदेश कमिटीका सदस्य प्रकाश ज्ञवाली ,जिल्ला कमिटी सचिव तोजवहादुर रायमाझी विधान ,उपसचिव शम्भुप्रसाद पोख्रेल ,नेकपा एमाले लुम्बिनी प्रदेश कमिटीका सल्लाह परिषद् सदस्य नेत्र पाण्डे ,जिल्ला कमिटी सदस्य द्रोण फुल्लेल,अनेरास्ववियु केन्द्रीय कमिटीका सदस्य अर्जुन खनाल लगायतका वक्ताहरूले मन्तव्य राखेका थिए ।
आचार्य नेकपा एमालेको तर्फबाट लुम्बिनी प्रदेश सदस्यको निम्ति अर्घाखाँची क्षेत्र नं.-१ (क) बाट उम्मेदवार बनेका छन् । उनी जिल्लाको स्थापित र लोकप्रिय नेता रहेका छन् ।