अन्तरजातीय प्रेमले खोसिएको बैकुण्ठको जीवन
नुवाकोट, कात्तिक ४ । प्रकृतिले मानिसलाई विना भेदभाव भौतिक शरीरमा प्राण सञ्चार गरेर यस धर्तीमा जन्म दिएको हुन्छ । जब उस्ले निरन्तर संघर्ष गर्छ तब ऊ सर्वश्रेष्ठ कहलिन्छ ।
तर सयौं दिनरात संघर्ष गरेका ब्यक्ति जब असफल हुन्छ । तब निराशाको बादलले ढपक्क ढाकिदिन्छ । उस्ले निराशाका बीच प्राण त्याग गर्छ ।
यस्तै एक घटनाले केही हप्ता अगाडि नुवाकोटमा स्थान पाएको थियोे । नुवाकोट जिल्ला शिवपुरी गाउँपालिका वडा नम्बर ८ थानापतिका बैकुण्ठ थपलियाले आफुलाई आफैंले फासी दिए र मृत्युवरण गरे ।
घटना हालै घटेको हो । बैकुण्ठले भिडियो लाइभ गर्दै प्रेमिका संग अन्तिम बातचित गरे । उनीहरु दुबैजनाले एकसाथ मर्ने कसम खाएका थिए । घटनाको योजना अनुसार दुबै जनाले बिष सेवन गर्ने तयारी गरे । यता बैकुण्ठले झुन्डिएर मर्न डोरी लिएर निस्किए भने प्रेमिकाले बिषको भाडो ।
झण्डै ६ वर्ष कोरिया बसेका बैकुण्ठलाई कुनै बस्तुको कमि थिएन । काठमाडौमा विभिन्न तीन ठाउँमा घर जग्गा घडेरी, बैंकिङ एकाउन्टमा प्रसस्त रकम केही कमि थिएन । कमि भयो त केवल प्रेमिका बिमला (नाम परिवर्तन)को माया, न्यानो साथ। साथमा समर्पण । बैकुण्ठले घरमा यी कुराको प्रस्ताव नराखेका होईनन । जब बिमला संगको प्रेम, अनि वैवाहिक जीवनको कुरा उठ्थ्यो घरमा झगडा भैहाल्थ्यो। बिदेशी भूमिमा माया, अभाव र होम सिकनेस कति सहे कति त्यो कुरा भूले तर उनको माया जिन्दगीको पानामा लेख्ने काम अधुरै रह्यो ।
गाउँमा नहासी नबोल्ने बैकुण्ठको मनमा भने कोलाहल र रुवाईले मन मन्जिलमा पछिल्लो समय निराशाको बादल मढारिरहेको अनुमान लगाउन सकिन्छ । केहि दिन अघि प्रेमिका बिमला (नाम परिवर्तन) लाई भेटी एकाअर्कालाई गरिएको प्रेम अघि बढाउने कि अन्त्य गर्ने छलफल समेत भएको केहि स्थानीयले बताएका छन् ।
प्रहरीको अनुसन्धानका क्रममा बैकुण्ठको अन्तरजातीय प्रेम र घरको फरक धारणा नै घटनाको जड मानिएको छहरे अस्थाई प्रहरी पोस्टका प्रहरी सहायक निरीक्षक रामबहादुर तामाङको भनाइ छ। प्रेमलाई रुवाउदै, घरपरिवारमा भैपर्ने घटनालाई समेत मनन गर्दै बैकुण्ठले आत्महत्या रोजेको देखिन्छ ।
प्रेम र आलोचनाको आवेगमा भएको घटना साच्चै हृदयविदारक थियोे । मान्छे मृत्युवरण पश्चात् कहाँ जालान अर्थात कहाँ बसेर हेर्लान?यी कपोलकल्पित प्रश्न बाहेक केहि उत्तर मान्छेसंग हुँदैन । बैकुण्ठको भने बैकुण्ठ बास रहोस् आम चाहाना यही छ ।

