देशभर ४१ हजार ७४३ जनामा डेंगु संक्रमण, मृत्यु हुनेको सङ्ख्या ४९ पुग्यो



काठमाडौं,कात्तिक १ । पछिल्लो २४ घण्टामा देशभर १ हजार ७१४ जना डेंगु रोगी थपिएका छन् ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार हालसम्म देशभर ४१ हजार ७४३ जना मा डेंगु सक्रमण भएको छ ।

थप १ जना डेंगु रोगीको पनि मृत्यु भएको छ । यससँगै हालसम्म मृत्यु हुनेको सङ्ख्या ४९ पुगेको छ । गत साउनदेखि सुरु भएको डेंगु रोगको प्रकोप ७७ वटै जिल्लामा फैलिसकेको छ ।

प्रतिक्रिया दिनुहोस्