सुनको मूल्यमा सामान्य गिरावट, कति पुग्यो कारोबार रकम ?



काठमाडौँ,कात्तिक २ । बुधबार सुनचाँदीको मूल्यमा सामान्य गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबारको तुलनामा बुधबार सुनको भाउ प्रतितोला २०० रुपैयाँले घटेको हो ।

यसअघि छापावाल सुनको भाउ प्रतितोला ९३ हजार ४०० रुपैयाँ रहेको थियो भने आज घटेर ९३ हजार २०० रुपैयाँमा कारोबार भएको छ ।

त्यस्तै, यसअघि प्रतितोला ९२ हजार ९०० रुपैयाँ रहेको तेजावी सुनलाई आज ९२ हजार ७०० रुपैयाँमा कारोबार भएको छ ।

त्यस्तै, चाँदीको भाउ पनि घटेर प्रतितोला एक हजार १ सय ७५ रुपैयाँमा कारोबार हुने महासंघले जनाएको छ । यसअघि चाँदी प्रतितोला एक हजार १ सय ८० रुपैयाँमा कारोबार भएको थियो ।

प्रतिक्रिया दिनुहोस्