बझाङमा जिप दुर्घटना हुदाँ ४ जनाको घटनास्थलमै मृत्यु



काठमाडौं,कात्तिक २ । बझाङमा जिप दुर्घटना भएको छ। जिल्लाको मष्टा गाउँपालिका–४ स्थित चिउरीमा जिप दुर्घटना भएको हो।

बुधबार दिउँसो डुङ्ग्रीबाट मष्टातर्फ गइरहेको जिप दुर्घटनामा हुदाँ अहिलेसम्म चार जनाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

जिप टुक्राटुक्रा भएको हुदाँ नम्बर प्लेट नभेटिएको प्रहरीले जनाएको छ। अहिले पहरी र स्थानीयहरुले घाइतेहरुको उद्दार गरिरहेका छन्।

प्रतिक्रिया दिनुहोस्