हामी जनताको सेवक भएर काम गर्छौं : एमाले नेता आचार्य



अर्घाखाँची,कात्तिक २ । नेकपा एमालेका केन्द्रीय सदस्य चेतनारायण आचार्यले जनप्रतिनिधि जनताको सेवक भएको बताएका छन् । नेकपा एमाले मालारानी द्वारा वडा नं. २ को विभिन्न ठाउँमा आयोजित जनभेटघाट कार्यक्रममा मन्तव्य राख्दै उनले जनप्रतिनिधि जनताको सेवक बन्न सक्नुपर्ने बताएका हुन । पछिल्लो समय नेपालको राजनितीमा विकृति पैदा भएको प्रति गुनासो गर्दै उहाँले व्यक्तिगत स्वार्थ र लाभको निम्ति राजनिती गर्नेहरुलाई जनताले तिरस्कार गर्नुपर्ने वताए ।

नेकपा एमालेलेको तर्फबाट अर्घाखाँची जिल्ला क्षेत्र नं.-१ (क) बाट उम्मेदवार बनेका उनले आफू विशुद्ध जनसेवाको निम्ति राजनितीमा लागेको बताए । सांसद मन्त्री भएको समयमा पनि अहोरात्र जनताको सेवामा खटेको स्मरण गराउँदै उनले पदमा रहेको समयमा व्यक्तिगत र दलगत स्वार्थ भन्दा माथि उठेर काम गरेको दावी गरे ।

आचार्यले जिल्लाको बिकासको निम्ति नेकपा एमालेका सचिव टोपबहादुर रायमाझी र आफुहरुले पुर्याएको योगदान कुनै पनि दलका नेतासँग तुलना हुनै नसक्ने जिकिर गर्दै फेरि पनि एकपटक मतदान गरेर नेकपा एमालेका उम्मेदवारलाई विजयी गराउन आग्रह गरे ।

कार्यक्रममा मन्तव्य राख्दै नेकपा एमालेका जिल्ला सचिव तोजवहादुर रायमाझी र उपसचिव शम्भुप्रसाद पोख्रेलले नेकपा एमालेले हारे देश र जनाले हार्ने भन्दै नेकपा एमालेलाई विजयी गराउनुपर्नेमा जोड दिए।

प्रतिक्रिया दिनुहोस्