गुल्मी १ मा प्रदीप ज्ञवालीको पहलमा अरबौंका आयोजनाहरु
गुल्मी,कात्तिक ५ । बिनियोजन भएर अहिले अस्पताल भवन निर्माणको काम तिब्र गतिमा अगाडी बढेको छ । त्यस्तै पालिका स्तरमा ६ वटा अस्पताल– १ अर्ब ८ करोड रकममा काम अगाडी बढेको छ । जिल्लामा कोरोनाको कहरमा निकै जटिल बनेको अक्सिजनको व्यवस्था गर्न आइसियु, अक्सिजन प्लान्ट र पिसिआर ल्याब– ५ करोड रकमा काम भएर सेवा प्रदान भइरहेको छ । रणनीतिक सडक– ४० करोड रकम बिनियोजना भएको छ ।
रेसुङ्गा एयरपोर्ट निर्माण कार्यसम्पन्न गर्न– २० करोडमा काम भएको छ । बिभिन्न खानेपानी– ४० करोडभन्दा बढी (दौंघा, हुँगा, बलेटक्सार, पल्लिकोट, खैरेनी, जुनियाँ, हरेवा, अस्लेवा लगायत) स्थानमा काम अगाडी बढेको र कतिपय सम्पन्न भएका छन् । रिडी रुद्रवेणी सडकमा– १४ करोड रकम बिनियोजन भएर काम अगाडी बढेको छ । विद्यालय पुनर्निर्माण– १९२ कक्षा, ७७ शौचालय, ४२ थप भएर निर्माण भएका छन् ।
पुनर्निर्माण सडक– डुम्रे–सातमुरे– लुम्छामा काम भएको छ । शिक्षामा – मजुवामा प्राविधिक विद्यालय रानीवास, जोहाङ, छापचौर लगायतमा प्राविधिक शिक्षा काम अगाडी बढेको छ । सत्यवती पहिरो पीडितको पुनस्र्थापना, खरको छाना विस्थापन ( करिब १ हजार घरमा) काम भएको छ ।विद्यालय बस– महेन्द्र मावि, उपल्लो तम्घास लगायत) एम्बुलेन्सहरु सञ्चालनमा रहेका छन् । छात्रवृत्ति (उपल्लो तम्घास) निर्वाचन क्षेत्र पूर्वाधार कार्यक्रम– १६ करोड, दुर्गम ठाउँमा सडक विस्तार (हर्मिचौरको देउराली लगायत) काम भएका छन् ।
पर्यटन– सत्यवती, रुरुक्षेत्र लगायत धेरै मन्दिर, पाटी पौवा, पुलहरु (नयाँ र अधुरा सम्पन्न) भएका छन् । यी बाहेक सयौंको संख्याका साना ठूला विकास निर्माणका कामहरु भएका छन् ।

