नुवाकोटको सत्तरीमा भीषण आगलागी, स्थानीय ब्यापारी थापाको घर जलेर नस्ट
नुवाकोट,कात्तिक ५ । जिल्लाको शिवपुरी गाउँपालिका ८ थानापतिको सत्तरीस्थित बिजय थापाको पसलमा शनिबार साँझ भीषण आगलागी भएको छ ।
साँझ पौने ९ बजे तिर भएको आगलागी अझै नियन्त्रणमा आउन सकेको छैन्। ब्यापारी थापाको पुरानो घरमा रहेको कपडा पसल हुंदै आगो हार्डवयर पसल सम्म फैलिएको हो । स्थानीयबासी र प्रहरी घटना स्थलमा पुगेर आगो नियन्त्रणको लागि प्रयास गरेपनि आगो नियन्त्रणमा भने आउन नसकेको स्थानीय युवा सरोज थपलियाले बताए ।
आगलागीबाट घर पुर्ण रुपमा जलेको तथा उक्त घरमा रहेको कपडा पसल पुर्ण रुपमा क्षती भइसकेको छ । आगो नियन्त्रण बाहिर जाँदा संगै रहेको थापाकै हार्डवेयर पसल सम्म फैलिएको छ । नजिकै बिजयका दाजु हरि थापाको किराना पसल र अन्य पसलहरु समेत थिए ।
स्थानीय प्रहरी प्रशासनले आगो निभाउन दमकल बोलाएको छ । दमकल ढिला गरि पुगेको स्थानीयले बताएका छन् ।

