‘आपूर्ति व्यवस्था प्रभावकारी नहुँदा सुनचाँदी व्यवसायी मर्कामा’



काठमाडौं,कात्तिक ६ । बजारमा सुनको आपूर्ति व्यवस्था प्रभावकारी नहुँदा सुनचाँदी व्यवसायी मर्कामा परेको नेपाल सुनचाँदी व्यवसायी महासंघले बताएको छ ।

महासंघका अध्यक्ष माणिकरत्न शाक्यको नेतृत्वमा गएको महासंघको प्रतिनिधिमिण्डलले शुक्रवार वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका महानिर्देशक महेश भट्टराईसमक्ष यस्तो गुनासो गरेको हो । उपभोक्ता सरोकारका विभिन्न विषयमा छलफल गर्ने क्रममा विभागले आयोजना गरेको एक कार्यक्रममा महासंघका प्रतिनिधिले बजारको मागको तुलनामा आपूर्ति अत्यन्त कम भएकाले व्यवसाय सञ्चालनमा कठिनाइ भएको बताए ।

विभागका महानिर्देशक भट्टराईले व्यवसायीको गुनासो जायज भएको भन्दै त्यसलाई आपूmले सम्बन्धित निकायमा पुर्‍याउने प्रतिबद्धता व्यक्त गरे ।

प्रतिक्रिया दिनुहोस्