नुवाकोट ककनी गाउँपालिकाको तरुण दलको अध्यक्षमा तामाङ
नुवाकोट,कात्तिक ७ । जिल्लाको ककनी गाउँपालिकामा नेपाल तरुण दलको अध्यक्षमा सुस तामाङ निर्वाचित भएका छन् ।
सोमबार ककनी गाउँपालिकामा भएको नेपाली काङ्ग्रेस समर्थित तरुण युवाहरुको भेलाले तामाङलाई अध्यक्षमा चुनेको हो ।
तरुण दलका युवा नेता सन्जिब गुरुङको प्रमुख आतिथ्यतामा भएको युवाहरूको भेलाले ककनी तरुणदलको उपाध्यक्षमा अशेष लामा र गौरव लामा, कोषाध्यक्षमा बुद्ध लामा, सचिवमा सरोज मानन्धर, सहसचिवमा भिमसेन गजुरेलसहित १३ सदस्यीय समिति गठन भएको छ ।
कार्यक्रममा तरुण दलका यदुमान लामा, ॠषि तमाङ, प्रल्हाद थापा, नेपाल विद्यार्थी संघ केन्द्रिय प्रतिनिधि सुशान्त सितौला, सुर्य लामा, सन्दिप लामा लगायतले आउदो चुनावमा युवाको दायित्व विषयक मन्तव्य राखेका थिए ।

