लक्ष्मी पुजामा विद्युतको पिक डिमान्ड १३०५ मेगावाट



काठमाडौं,कात्तिक ८ । लक्ष्मी पुजाको साँझ नेपालभर विद्युतको पिक डिमान्ड १३०५ मेगावाट पुगेको छ । सोमबार अर्थात् लक्ष्मी पुजाको दिन साँझ ६ः१० बजे विद्युतको पिक डिमान्ड सो बराबर पुगेको हो ।

नेपाल विद्युत प्राधिकरणका अहिले निजी क्षेत्रको आयोजनाबाट ७६७.५ मेगावाट, प्राधिकरणको सहायक कम्पनीको आयोजनाबाट ४८२ मेगावाट, प्राधिकरणको आयोजनाबाट ४३५ मेगावाट विद्युत उत्पादन भएको छ ।

त्यसमा ३८० मेगावाट भने भारतमा निर्यात भइरहेको छ । त्यो बाहेक २०० मेगावाट विद्युत खेर गएको प्राधिकरणको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्