एमाले अध्यक्ष ओलीले यसरी मनाए भाइटीका
काठमाडौं, कार्तिक१० । एमाले अध्यक्ष केपी शर्मा ओलीले भाइटीका ग्रहण गरेका छन् ।
नेकपा (एमाले) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री ओलीले तीन दिदीबहिनीबाट भाइटीका लगाएका छन् ।
अध्यक्ष ओलीले बालकोटस्थित आफ्नै निवासमा विष्णुमाया ढकाल, कौशिल्या कोइराला र कान्छी बहिनी विष्णु ओलीबाट भाइटीका ग्रहण गरेको उनको सचिवालयले जनाएको छ ।

