प्रतिबन्धमा पनि साँढे १३ करोडको फुलमाला भारतबाट आयत

काठमाण्डौं,कात्तिक ११ । यस वर्षको तिहारमा १३ करोड ५० लाख रुपैयाँ बराबरको फुलमाला भारतबाट आयत गरिएको छ ।
सरकारले यसवर्ष फूलमाला ल्याउन प्रतिबन्ध लगाएको भएपनि माला आयात भने रोकिएन । काठमाण्डौ तथा मुख्य बजारमा भारतबाट आयातित सयपत्री फूल किनबेच र कारोबार भैरहेको छ ।
यस वर्षको तिहारका लागि सयपत्री माला अनुमान भन्दा धेरै आयात भएको छ । तिहारमा प्रयोग हुने माला र फूलका लागि नेपाल भित्रकै उत्पादनले लगभग धान्न सक्ने अवस्था छ । तर, व्यवसायीले बढी नाफा कमाउन भारतबाट आयात गर्ने गरेका छन् ।
त्यस्तै देशभित्र उत्पादन भएको १७ लाख सयपत्री माला तथा मखमली, गोदावरी र भारतबाट आयात भएको सयपत्री गरी साढे २४ लाख माला खपत भएको भएको छ ।
भोलि तिहारको मुख्य दिन भाइटीकासम्म फूलको कारोबार हुने भएकाले फूलको खपत र कारोबारको वास्तविक तथ्याङ्क भने तिहारपछि मात्रै आउने फ्लोरिकल्चर एशोसिएसन नेपालका अध्यक्ष मीनबहादुर तामाङले जानकारी दिएका छन् ।