घरको पाँचौँ तलाबाट खसेर बालिकाको ज्यान गयो



काठमाडौँ,कार्तिक १४ । घरको पाँचौँ तलाबाट खसेर बालिकाको ज्यान गएको छ । काठमाडौँको बागबजारमा घरको छतबाट खसेर बालिकाको मृत्यु भएको हो ।

बागबजारस्थित नानीदेवी महर्जनको घरको पाँचौँ तल्लाको झ्यालबाट खसेर उनकी छोरी दुई वर्षीया रियासा महर्जनको आज बिहान मृत्यु भएको हो ।

जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता, प्रहरी उपरीक्षक दिनेशराज मैनालीले आइतबार राति आफ्नै घरबाट खसेर गम्भीर घाइते भएकी महर्जनको उपचारका क्रममा राष्ट्रिय ट्रमा सेन्टरमा आज बिहान मृत्यु भएको जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्