माडीमा बुबालाई खुकुरी हानी फरार रहेका राजन गुरुङ पक्राउ
चितवन,कात्तिक १४ । माडीको रामराज्यपुरीमा बुबालाई खुकुरी प्रहार गरी फरार रहेका राजन गुरुङ पक्राउ परेका छन् ।
गुरुङलाई माडी प्रहरीले माडी-६, मजुवा गाउँबाट पक्राउ गरेको हो । उनले गएसाँझ माडी-६, रामराज्यपुर निवासी आफ्नै बुबा बर्ष ६५ का रामबहादुर गुरुङलाई खुकुरी प्रहार गरी घाइते बनाएका थिए ।
पक्राउ गरेपश्चात गुरुङको मेडिकल चेकजाँच गरी हाल ईलाका प्रहरी कार्यालय बसन्तपुरमा राखिएको छ । अत्यधिक रक्तश्राव भएका उनको घाइते बुबाको अहिले चितवन मेडीकल कलेजमा उपचार भईरहेको छ ।

