एमालेको चुनावी घोषणापत्र: २ वर्षमा सबैंको बैंक खाता-न्यूनतम तलब मासिक २५ हजार



काठमाडौं,कार्तिक १५। नेकपा एमालेले चुनावी घोषणा पत्र सार्वजनिक गरेको छ ।

मंगलबार दिउँसो काठमाडौंको याक एण्ड यति होटलमा अध्यक्ष केपी शर्मा ओलीले डिजिटल प्रविधिबाट चुनावी घोषणा सार्वजनिक गर्दै अबको २ वर्षमा सबैंको बैंक खाता हुने बताइएको हो ।

साथै, आर्थिक वृद्धिका आधारमा सबै प्रकारका भत्ता वृद्धि गर्ने, न्यूनतम पारिश्रमिक मासिक २५ हजार पुराउने र ५ वर्षमा सबैं वयस्क ब्यक्तिलाई कुनै न कुनै बैंक सहकारी लघुवित्त लगायतका वित्तीय कारोबारमा जोड्ने घोषण पत्रमा भनिएको छ ।

प्रतिक्रिया दिनुहोस्