नुवाकोटमा मल लिन किसानको भीड, १६ केजी मल लिएर मलिन अनुहारमा घर फर्के किसान



नुवाकोट,कात्तिक १७ । जिल्लाको शिवपुरी गाउँपालिका वडा नम्बर ८ थानापतिमा मल पाउने आशाले किसानको भीड लागेको छ ।

नेताकार्यकर्ता घरदैलोको चटारोमा ब्यस्त भएको बेला किसानलाई भने आफुहरुले मल पाउने कि नपाउने चिन्ताले पिरोलिएको स्थानीय अगुवा नमूना किसान रामप्रसाद पुडासैनी बताउँछन् ।

जागरुक कृषि सहकारी सस्था, हिमशिखर सहकारी संस्था र साना कृषक तथा महिला सहकारी शिवपुरीले कोटामा प्राप्त गरेको १०५ बोरा मल पाउने आशामा झण्डै ५ सय कृषकको भीड लागेको कृषक पुडासैनी बताउँछन।

एक्कासि किसानको भीड लागेपछि मल वितरणमा समस्या उत्पन्न भएकाले प्रति कृषकलाई १६ केजी मल वितरण गरिएको सहकारीहरुले बताएका छन् । एक बोरा मल बोकेर घर जाने सपना बोकेका कृषक भने १६ केजी मल बोकेर अमिलो चेहरामा घर फर्केका छन् ।

प्रतिक्रिया दिनुहोस्