‘नेतालाई भोट होइन लात’भन्दै जुर्मुराए नुवाकोटका किसान (भिडियोसहित)



नुवाकोट,कात्तिक १७ । जिल्लाको शिवपुरी गाउँपालिका वडा नम्बर ८ थानापतिका किसान मल नपाएपछि आक्रोशित भएका छन् ।

बिहीबार शिवपुरी वडा नम्बर ८ थानापतिका किसान लामो समय प्रतीक्षा पश्चात् आएको मल किसानलाई प्रयाप्त नभएपछि आक्रोशित भएका हुन् ।

स्थानीय ३ वटा सहकारीलाई प्राप्त १०५ बोरा मल झण्डै ५ सयको हाराहारीमा उपस्थित किसानलाई बाढ्न नपुगेपछि तीन जना किसान बराबर एक बोरा मल वितरण गरिएको स्थानीय अगुवा नमूना कृषक रामप्रसाद पुडासैनीले बताए ।

माग अनुसार मल नपाएका किसानले नजिकिदो आम निर्वाचनमा भोट माग्न आउने नेतालाई सबक दिने बताएका छन् । ‘अहिले हाम्रो अभावमा गला जोड्न नसक्ने नेतालाई भोटको सट्टा लात दिन्छौं ।’ उनीहरुले भनेका छन् ।

भिडियो हेर्नुस्

प्रतिक्रिया दिनुहोस्