निर्वाचन आयोगलाई दियो भारत सरकारले ८० वटा गाडी उपहार



काठमाडौं,कार्तिक १७ । निर्वाचन आयोगलाई भारत सरकारले ८० वटा गाडी उपहार प्रदान गरेको छ ।

नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले बिहीबार आयोजित एक समारोहबीच निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेश कुमार थपलियालाई सो संख्यामा गाडी प्रदान गरेका हुन् ।

ती सवारीसाधनले निर्वाचन आयोगलाई आसन्न निर्वाचनका लागि आवश्यक प्रबन्धलाई थप व्यवस्थित गर्न सघाउ पुर्याउने भारतको विश्वास छ । नेपाल सरकारको अनुरोधमा उपलब्ध गराइएका २०० वटा सवारीसाधनकै हिस्साको रुपमा यी ८० वटा सवारीसाधन रहेका भारतीय दूतावासले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्