जसपाको घोषणापत्र सार्वजनिक
काठमाडौं, कार्तिक १९ । जनता समाजवादी पार्टी, नेपालले चुनावी प्रतिबद्धता पत्र सार्वजनिक गरेको छ।
शनिबार काठमाडौंमा एक कार्यक्रमको आयोजना गरेर जसपाका अध्यक्ष उपेन्द्र यादवले सो घोषणापत्र सार्वजनिक गरेका हुन् । घोषणापत्रमा जसपाले प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुखको मुद्दा उठाएको छ ।
त्यस्तै, मुलुकमा व्याप्त सबैखाले भ्रष्टाचार र आर्थिक अनियमिततालाई नियन्त्रण गर्नका लागि संसद मातहत रहनेगरि शक्तिशाली अधिकारसम्पन्न जनलोकपाल गठन गरिने पनि उल्लेख गरिएको छ ।

