काठमाण्डौबाट रुकुमका लागि छुटेको बस त्रिशूलीमा खस्यो, १६ जना घाइते
काठमाण्डौ,कात्तिक १९ । काठमाण्डौबाट रुकुम पश्चिमका लागि छुटेको बस त्रिशूली नदीमा खस्दा १६ जना घाइते भएका छन् ।
बा ४ ख ५७२० नम्बरको बस पृथ्वी राजमार्ग अन्तर्गत धादिङको बेनिघाट रोराङ गाउँपालिकाको सडकबाट त्रिशूली नदीमा खसेको हो ।
घटनापछि तत्काल प्रहरी टोली घटनास्थलमा पुगेर उद्धार गरिरहेको र घाइतेलाई अस्पताल पठाइएको प्रहरीले बताएका छन् ।

