नुवाकोट पञ्चकन्याको बच्छलादेवी मन्दिर मेलाको पूर्वसन्ध्यामा गर्यो वडाले सरसफाइ कार्यक्रम
नुवाकोट,कात्तिक २० । जिल्लाको पञ्चकन्या गाउँपालिका वडा नम्बर ५ मा रहेको बच्छ्लादेवी मन्दिर परिसरको वडाले सरसफाइ गरेको छ ।
सोमबार साँझदेखि हुने मेलाको लागि आइतबार वडा नम्बर ५ का अध्यक्ष माधब सिटौलाको अगुवाइमा मन्दिर परिसर सरसफाइ सम्पन्न भएको हो ।
हरेक वर्ष कार्तिक शुक्ल चतुर्दशीको दिन मेला लाग्ने यस मन्दिर परिसरको ग्राउन्ड मिलाउन डोजर प्रयोग गरिएको थियोे भने धारोपानीको प्रवन्धका साथै सरसफाइ सम्पन्न भएको वडा अध्यक्ष सिटौलाले बताए ।
गाउँकी देवीको रुपमा परिचित बच्छलादेवी मन्दिरमा पञ्चकन्या, लिखु, शिवपुरी लगायत विभिन्न क्षेत्रसहित राजधानी काठमाडौबाट समेत श्रद्धालु भक्तजनको उपस्थिति हुँदै आइरहेको छ ।

