सर्वाेच्च अदालतले भन्यो ‘नो नट अगेन’ लाई कारबाही नगर्नु



काठमाडौं,कात्तिक २० । नो नट अगेन फेसबुक पेज र ग्रुप संचालन गर्नेहरुविरुद्ध कारबाही अघि नबढाउन अल्पकालीन सर्वोच्च अदालतल ले अन्तरिम आदेश जारी गरेको छ ।

निर्वाचन आयोगले नो नट अगेन अभियानको फेसबुक पेज र ग्रुप बन्द गर्न निर्देशन दिएको थियो । उम्मेदवारहरुविरुद्ध लाञ्छनायुक्त अभिव्यक्ति दिएको आयोगको भनाइ थियो । नेपाल प्रहरीको साइबर ब्यूरोलाई पत्राचार गरी नो नट अगेन पेजमार्फत दलका नेताविरुद्ध हुने अभिव्यक्ति र आक्रोशजन्य सामग्रीको अनुगमन गर्न आग्रह गरेको थियो ।

तर आइतबार न्यायाधीश हरिप्रसाद फुयालको इजलासले कारबाही अघि नबढाउन अन्तरिम अल्पकालीन अन्तरिम आदेश दिएको हो ।

प्रतिक्रिया दिनुहोस्