नुवाकोट पञ्चकन्याको बच्छला मन्दिरमा भव्य मेलाको तयारी
नुवाकोट,कात्तिक २१ । जिल्लाको पञ्चकन्या गाउँपालिका वडा नम्बर ५ मा रहेको बच्छ्लादेवी मन्दिरमा मेलाको भव्य तयारी गरिएको छ ।
मेलाका लागि मन्दिर परिसरको सरसफाइ पञ्चकन्या गाउँपालिका वडा नम्बर ५ का अध्यक्ष माधब सिटौलाको नेतृत्वमा आइतबारनै सम्पन्न भैसकेको छ ।
हरेक वर्ष कार्तिक शुक्ल चतुर्दशीको दिन मेला लाग्ने यस मन्दिर परिसरको ग्राउन्ड मिलाउन डोजरको प्रयोग गरिएको छ भने धारोपानी तथा भक्तजनको सुरक्षाका लागि बिजुुली बत्तीको ब्यवस्थापन भैसकेको छ ।
गाउँकी देवीको रुपमा प्रख्यात बच्छलादेवी मन्दिरमा पञ्चकन्या, लिखु, शिवपुरी लगायत विभिन्न क्षेत्रसहित राजधानी काठमाडौबाट समेत श्रद्धालु भक्तजनको भीड लाग्ने गरेको छ ।

