तरुण दल नुवाकोट सुर्यगढीको अध्यक्षमा राजेन्द्र गुरुङ



नुवाकोट,कात्तिक २१ । जिल्लाको सुर्यगढी गाउँपालिकामा तरुण दल गठन भएको छ ।

आइतबार एक कार्यक्रम बीच तरुण दल सुर्यगढीको कार्यसमिति गठन भएको हो ।

नवगठित सुर्यगढी गाउँपालिका तरुण दलको अध्यक्षमा राजेन्द्र गुरुङ, उपाध्यक्षमा गोकर्ण शाह र दिनेश अधिकारी, सचिवमा प्रवीण तामाङ र राजन तामाङसहित ११ सदस्यीय कार्यसमिति गठन भएको हो ।

कार्यक्रममा तरुण दलको केन्द्रिय प्रतिनिधि तथा नुवाकोटका युवा नेता सन्जिव गुरुङको प्रमुख आतिथ्यता रहेको थियोे ।

प्रतिक्रिया दिनुहोस्