नुवाकोट तादी गाउँपालिका तरुण दलको अध्यक्षमा सोबित तामाङ



नुवाकोट, कात्तिक २१ । तरुण दल तादी गाउँपालिकाको अध्यक्षमा सोबित तामाङ निर्वाचित भएका छन् ।

सोमबार भएको नेपाली काङ्ग्रेस समर्थित युवाहरूको भेलाले नयाँ कार्यसमिति चयन गरेको हो । नव निर्वाचित कार्यसमितिको उपाध्यक्षमा भेषबहादुर तामाङ र सन्तोष उप्रेती, सचिवमा अर्जुन तामाङ, सहसचिवमा प्रकाशन तामाङ, कोषाध्यक्षमा मदुसुदन पाण्डेसहित २३ सदस्यीय कार्यसमिति चयन भएको हो ।

तादी गाउँपालिकामा सोमबार भएको कार्यक्रममा काङ्ग्रेस नेता सन्तमान तामाङ, शरण घले, यदुमान लामा, सन्दिप लामा, सुर्य लामा, दिल घिसिङ, कुमार गुरुङ लगायत युबा नेताकार्यकर्ताले मन्तव्य राखेका थिए ।

नुवाकोट तरुण दलले क्षेत्र नम्बर १ अन्तर्गतका सातै गाउँपालिकाको नयाँ कार्यसमिति चयन गरेको क्षेत्र नम्बरका संयोजक तथा काङ्ग्रेसका युवा नेता सन्जिव गुरुङले बताए ।

प्रतिक्रिया दिनुहोस्