दशैंअघि झण्डै १४ हजार महिला बैदेशिक रोजगारमा



काठमाडौं,कात्तिक २२ । नेपालीहरुको महान पर्व दशैं अघि झण्डै डेढ लाख नेपाली बैदेशिक रोजगामा गएका छन् । दशैंअघि अर्थात् चालु आवको पहिलो दुई महिनामा १ लाख ३९ हजार ४४२ नेपाल बैदेशिक रोजगारमा गएका हुन् ।

बैदेशिक रोजगार बिभागबाट प्राप्त चालु आवको भदौं मसान्तसम्मको तथ्यांकले यस्तो देखाएको हो । तथ्यांकअनुसार त्यसमा १३ हजार ७६१ जना महिला रहेको छन् । बैदेशिक रोजगार जाने पुरुषको संख्या भने १ लाख २५ हजार ६८१ रहेको छ ।

समिक्षा अवधीमा १ लाख ४२२ जना भने नयाँ भिषा बैदेशिक रोजगारमा गएका हुन् । गत साउनमा कुल ६३ हजार ३९ जना नेपाली बैदेशिक रोजगारमा गएका थिए । भदौमा भने ७६ हजार ४०३ जना बैदेशिक रोजगारमा गएका छन् ।

प्रतिक्रिया दिनुहोस्