रामशरण महतलाई इग्नोर गरेर हिड्न सकिदैन- उम्मेदवार नेता तामाङ



नुवाकोट, कात्तिक २२ । प्रतिनिधि सभा नुवाकोट क्षेत्र नम्बर १ का उम्मेदवार तथा पूर्वमन्त्री हितबहादुर तामाङले नेपाली काङ्ग्रेस नुवाकोटका हस्तीहरुलाई वेवास्ता गरेर हिड्न नसक्ने बताएका छन् ।

चुनावी प्रचारप्रसारका क्रममा सुर्यगढीको एक कार्यक्रममा नेता तामाङले केसी र महत परिवारका नेताहरूको खुलेर प्रसंशा गरेका हुन । ‘गत चुनावमा मैले जित्दै गर्दा रामशरण जी ले फोन गरेर बधाई दिएका थिए, चुनाव हारे पनि हामी बीच कुनै तिक्तता र शत्रुताको भावना रहेन’ नेता तामाङले भने – ‘यहाँ स्टेजमा रामशरण महतज्यू हुनुहुन्छ, उहाँ र मेरो बीच कहिल्यै शत्रुवत ब्यवहार भएन ।’

‘उहाँहरु राष्ट्रिय स्तरका ठूला नेता हुनुहुन्छ, काम गर्ने शिलशिलामा र विषय विज्ञताको हिसाबले पनि उहाँहरु सक्षम हुनुहुन्छ’, मन फुकाएर प्रसंशा गर्दै नेता तामाङले थपे – ‘त्यसैले हामीले उहाँहरु जस्तो नेतालाई इग्नोर गरेर हामी अगाडि बढ्न हुँदैन भनेर यहाँका रामशरण महत, प्रकाशशरण महत, अर्जुननरसिंह केसीसंग समन्वयात्मक गर्दै अगाडि बढेको हु।’

प्रतिक्रिया दिनुहोस्