भोट माग्न जाँदा बिरोध खतिवडाले खाए झापड

मकवानपुर,कात्तिक २२ । नेकपा एकिकृत समाजवादीका स्थायी कमिटि सदस्य एवम् गठवन्धनको तर्फबाट मकवानपुर क्षेत्र नंबर २ का प्रतिनिधिसभा सदस्यका उम्मेद्वार बिरोध खतिवडामाथि एक ब्यक्तिले हातपात गरेका छन् ।
मनहरी गाउँपालिका वडा नंबर ४ मा भोट माग्ने क्रममा जाँदा गाडीबाट ओर्लने क्रममा अन्दाजी ५० वर्षका पुरुषोत्तम खड्काले दुई झापड हानेको स्थानीयले बताएका छन् । गाडीबाट ओर्लनसाथ आक्रोशित खड्काले दुई झापड हानेको स्थानीयले बताएका छन् ।
उम्मेद्वारमाथि हातपात भएपछि इलाका प्रहरी कार्यालय नेवारपानीले खड्कालाई नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालय मकवानपुरमा बुझाएको छ । जिल्ला प्रहरी कार्यालय मकवानपुरका डिएसपी एवम प्रवक्ता टेकबहादुर कार्कीले खड्कालाई नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाईएको बताए । उम्मेद्वारमाथि अभद्र ब्यवहार भो भन्ने थाहा पाएपछि आफुहरुले खड्कालाई नियन्त्रणमा लिएको उनको भनाई छ ।